नेपाल आइडलको पोखरा अडिसन माघ २३ मा, गुप्तेश्वर महादेव क्याम्पसमा हुने

पाेखरा | माघ २०, २०८०

नेपाल आइडलको पोखरा अडिसन माघ २३ मा, गुप्तेश्वर महादेव क्याम्पसमा हुने

पोखरा:    एपीवान टेलिभिजनले निर्माण तथा प्रसारण गर्दै आएको नेपाल आइडल पाँचौं संस्करणको पोखरा अडिसन माघ २३ गते हुदैछ । पोखरा १७ छोेरेपाटनको गुप्तेश्वर महादेव बहुमुखि क्याम्पसमा अडिसन हुन लागेको हो ।


गायन क्षेत्रमा रुची भएकाहरु आईडलको अडिसनका लागि पोखरामा भाग लिन सक्ने छन् । १६ देखि ३० वर्षसम्म उमेर समुहका युवाले निःशुल्क रुपमा अडीसनमा सहभागिता जनाउन सक्नेछन् । पुस २१ गते झापाबाट सुरु भएको सिजन ५ को अडिसन पोखरामा हुदाँ यस क्षेत्रका संगितप्रेमीहरु उत्साहित छन् ।


नेपाल आइडल सिजन ५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटा निर्णायकको भूमिकामा रहेका छन् । नेपाल आइडल गायकको खोजी गर्ने उपयुक्त प्लेट फर्म भएको निर्देश सुरेश पौडेले जानकारी दिए । उनले पोखराबाट धेरै प्रतिभाहरु नेपाल आइडलका अघिल्ला सिजनहरुमा आएको भन्दै यस पटक पनि उत्कृष्ट प्रतिभा पोखराबाट आउने बताए ।


नेपाल आइडल सिजन १ देखि ४ सम्मका विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर हुन् । पहिलो नेपाल आइडलका विजेता बुद्ध लामा पोखरा कै हुन् । पोखरा अडिसका लागि नेपाल आईडलको ७० जनाको टोली पोखरा आउदै छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्